नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक पटक प्रधानमन्त्री बन्न गरेको आग्रहलाई अस्वीकार गरेको बताएका छन् । सभापति देउवाले २०७४ को निर्वाचनपछि आफुले प्रचण्डलाई गरेको आग्रह नमान्दा अहिले उनलाई केपी शर्मा ओलीले लात हानेको बताएका छन् ।
नेपाल निजामति कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाडौमा उद्घाटन गर्दै सभापति देउवाले भने, ‘मैले प्रचण्डलाई तपाई नै प्रधानमन्त्री बन्नु भनेको हो तर उनी उता गइदिए । तपाई नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले । बल्ल थाहा पाए प्रचण्डले अहिले आएर ।’
देउवाले धेरै पटक प्रचण्डलाई आफुले प्रधानमन्त्री बनाउन खोजेपनि असफल भएको बताए । धेरै ‘पटक प्राइमिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई ? तपाईहरुलाई थाहा छ नि । खुट्टै नटेक्ने मान्छे । ओलीले लात हानेपछि ठिक्क भएको छ । अहिले म आफु प्राइमिनिस्टर हुन चाहेको पनि छैन । जो सुकै होस्’, सभापति देउवाको भनाई छ ।
उनले अहिले पनि काँग्रेसले वास्तै गरेन भन्या भएर शुक्रबार बैठक बोलाएको बताए । सभापति देउवाले सरकार गठनमा काँग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसदमा काँग्रेसको उपस्थितिलाई बुझ्न आग्रह समेत गरे । ‘प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । पार्लियामेन्ट हाम्रो संख्या नपुगेर हामीले बोलाउन सकेनौ । यो वास्तविकतालाई बुझ्नु पर्यो सबैले’, देउवाको भनाइ छ ।
प्रधानमन्त्री ओलीले राज्यसत्तालाई भातृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसविरुद्ध एकजुट हुन सभापति देउवाको कार्यकर्तालाई आग्रह गरे ।
‘ओलीले सत्ता कब्जा गर्ने कोशिष गरेको छ । उसले चाहेर कब्जा हुदैन । त्यसैले भोलीको दिनमा एक भएर लाग्नुपर्छ’ देउवाको भनाइ छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने