कास्कीमा नेपाल पक्षीय अनेरास्ववियु गठन, अध्यक्षमा अधिकारी

कास्कीमा नेपाल पक्षीय अनेरास्ववियु गठन, अध्यक्षमा अधिकारी

akhil pn

कास्की जिल्लामा बज्रराज अधिकारीको नेतृत्वमा अनेरास्ववियु कास्की जिल्ला कमिटी गठन भएको छ । नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल समुहले छुट्टै अनेरास्ववियु कमिटि गठन गरेको हो ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा भएको भेला मार्फत अधिकारीको नेतृत्वमा १ सय ४१ सदस्यीय जिल्ला कमिटीको घोषणा गरिएको थियो ।

भेलामा अनेरास्ववियु केन्द्रिय सचिव राजन शर्मा पराजुलीले अब विद्यार्थी आन्दोलन सरकारी क्याम्पसमा हुने दुई खाले शिक्षाको अन्त्य गर्ने दिशामा अगाडि बढ्ने बताए ।

उनले यातायातमा झैं स्वास्थ्यमा पनि ४५ प्रतिशत छुट दिनुपर्ने गरी आन्दोलनको उठान गर्नुपर्ने र अधुरो रहेको शैक्षिक अनि व्यावसायिक ऋणको प्रभावकारी कार्यान्वयन गर्न अबको बिद्यार्थी आन्दोलन अगाडि बढ्ने उद्घोष् गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य श्रीनाथ बराल, एमाले कास्की अध्यक्ष तथा पूर्व स्ववियु सभापति धनराज आचार्य, पृथ्वीनारायण क्याम्पसका निवर्तमान स्ववियु उपसभापति तथा एमाले महानगर सचिव सुशील बस्नेत लगायतले बोलेका थिए ।

शंकर सैंजुले अध्यक्षता गरेको कार्यक्रमको संचालन सन्तोष न्यौपाने, स्वागत रसिका भण्डारीले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds