डोजर लगाएर दमकमा सुकुम्बासी बस्तीको घर भत्काइयो

डोजर लगाएर दमकमा सुकुम्बासी बस्तीको घर भत्काइयो

Damak-Dozer

दमकमा डोजर लगाएर सुकुम्बासी बस्तीको घर भत्काइएको छ । सरकारी जग्गा अतिक्रमण गरेर बसेको भन्दै दमक नगरपालिकाले डोजर चलाएको हो ।

दमकका मेयर रोमनाथ ओलीले अटेरी गरेर बसेका व्यक्तिका घरलाई डोजर लगाइएर भत्काइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिलेसम्म २० वटा घर भत्किएको छ ।’ त्यसक्रममा स्थानीयले विरोध गर्न सक्ने भन्दै व्यापक प्रहरी परिचालन समेत गरिएको छ ।

रतुवाखोलाको बाढीका कारण विस्थापित परिवार त्यसक्षेत्रमा बस्दै आएका थिए । प्रशासनले उक्त जग्गा खाली गर्न भन्दै लिखित तथा मौखिक निर्देशन दिदै आएको थियो । डोजर लगाइएको स्थानमा व्यापारिक केन्द्र बनाउने सरकारी तयारी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds