पदमुक्त भएका ४ मन्त्रीहरुको पुर्ननियुक्ति

पदमुक्त भएका ४ मन्त्रीहरुको पुर्ननियुक्ति

samsad1

पार्टी परित्याग गरेको भन्दै माओवादी केन्द्रको कारवाहीमा परि पद गुमाएका चार जना मन्त्रीको आज पुर्ननियुक्ति हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीलाई पदमुक्त गर्न लागेका हुन् । बालुवाटार स्रोतका अनुसार उनीहरुको आजै साँझ सपथ गराउने तयारी भएको छ ।

पुर्ननियुक्ति पाएपनि ६ महिनाभन्दा बढी समयमा मन्त्री हुन पाउने अवस्था भने छैन् । यद्यपी उपनिर्वाचन भएको खण्डमा उनीहरु निर्वाचन जितेर आए भने मन्त्रीपदमा निरन्तरता पाउनेछन् ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिने तयारी भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds