भारतमा कोरोना संक्रमितले दैनिक रेकर्ड तोड्दै : २४ घण्टामा १ लाख ३१ हजार भन्दा बढी बिरामी भेटिए

भारतमा कोरोना संक्रमितले दैनिक रेकर्ड तोड्दै : २४ घण्टामा १ लाख ३१ हजार भन्दा बढी बिरामी भेटिए

corona death

भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यो कोरोना देखिएयता एकैदिन संक्रमण पुष्टि भएको सबैभन्दा बढी हो ।

कोभिड १९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणअनुसार पछिल्लो २४ घन्टामा १ लाख ३१ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा लद्दाखमा थपिएका संक्रमित जोडिएका छैनन् । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ३० लाख ५७ हजार ९५४ पुगेको छ ।

दैनिक नयाँ संक्रमित थपिने क्रममा पनि संसारभर भन्दा भारतमै बढी छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा ८९ हजार २९३, अमेरिकामा ८० हजार १६१ र टर्कीमा ५५ हजार ९४१ जनामा कोरोना देखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds