आज देशका यी स्थानमा पानी पर्ने, यस्तो छ मौसम

आज देशका यी स्थानमा पानी पर्ने, यस्तो छ मौसम

mausam rain

काठमाडौँ- हिजो बिहीबार काठमाडौँमा पानी छिट्यायो मात्र पर्न सकेन। उता नेपालको पूर्वी भागका केही स्थानमा असिना पर्‍यो। आज शुक्रवार भने देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ। नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि यहाँ केही प्रभाव देखिएको छ।

यही प्रभावका कारण शुक्रवार दिउँसो प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका केही भूभागमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिमी तथा मध्य पहाडी तथा तराईका केही भूभागमा हल्का तुवाँलो समेत लाग्न सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।

महाशाखाका अनुसार शनिवार र आइतबार पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ भने आज राति देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds