नेपालमा कोरोनाको संक्रमण बढ्दै, ३३२ संक्रमित थपिए

नेपालमा कोरोनाको संक्रमण बढ्दै, ३३२ संक्रमित थपिए

corona

पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३३२ संक्रमित थपिएका छन् । चार हजार ६ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा ३३२ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७९ हजार १०० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ६०८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३८ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल क्वारेन्टिनमा ७७ जना छन् भने आइसोलेसनमा दुई हजार ४५४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ