कोरोना बढ्दै गएकोले बेसार पानी खान प्रधानमन्त्रीको आग्रह

कोरोना बढ्दै गएकोले बेसार पानी खान प्रधानमन्त्रीको आग्रह

kp-sharma-oli-narayanhiti-sabha

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित नेपाल चेम्बर अफ कमर्श को ७० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली सावधानी अपनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री अ‍ोलीले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह गरेका छन् । सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने उनको भनाई छ । ‘हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाभाइरसले नेपाललाई अन्य मूलुकमा जस्तो धक्का नपरेको दाबी गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ