एमाले प्रवेश गरि मन्त्री बनेका चार सांसदको पद आज खोसिदै ?

एमाले प्रवेश गरि मन्त्री बनेका चार सांसदको पद आज खोसिदै ?

samsad1

काठमाडौँ । आज बस्न लागेको प्रतिनिधिसभा बैठकमा चार जनाको सांसद् पद खोसिदैछ । नेकपा माओवादी केन्द्रबाट विजयी भएका चार जना सांसदहरुको पद पार्टीले खोसेपछि आज बस्न लागेको प्रतिनिधिसभा बैठकमा उनीहरुको पद खोसिएको घोषणा हुन लागेको हो ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संसद सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझि, प्रभु साह र गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए । राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ अनुसार उनीहरुको सांसद पद स्वतः रिक्त भएको मानिने व्यवस्था छ । धारा ३१ मा भनिएको छ, ‘कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन ।’ सोही अनुसार उनीहरुको सांसद पद खोसिन लागेको हो ।

आजको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ । चारै जना मन्त्री छन् । सांसद पद खारेज भएसँगै उनीहरुको मन्त्री पद पनि जानेछ ।
दिउँसो १ बजे बस्ने बैठकमा सूचना प्रविधि सम्वन्धी विद्येयक सम्वन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। सामाजिक संजालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखे बापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको बताइएको छ ।सरकारले वाक स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाउँदै उक्त विद्येयकको विरोध हुँदै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ