गण्डकी सरकारका दुई मन्त्रीले आज राजीनामा दिँदै

गण्डकी सरकारका दुई मन्त्रीले आज राजीनामा दिँदै

chuman

गण्डकी प्रदेशमा आज दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा दिने तयारी गरेका हुन् ।

आज बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गरेर दुवै मन्त्रीले राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका एक नेताले बताए । उनकाअनुसार संसद बैठकपछि पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने मन्त्रीद्वयको तयारी छ । प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्‍दैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ