बार्सिलोना महत्वपूर्ण जितसहित ला लिगाको दोस्रो स्थानमा, एथ्लेटिकोभन्दा एक अंकले मात्र पछि

बार्सिलोना महत्वपूर्ण जितसहित ला लिगाको दोस्रो स्थानमा, एथ्लेटिकोभन्दा एक अंकले मात्र पछि

barcelona

उसमान डेम्बेलेले खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई १० खेलाडीमा सिमित रियल भालाडोलिडमाथि महत्त्वपूर्ण जित दिलाएका छन् । खेलमा डेम्बेलेको एक मात्र गोल निर्णायक बन्यो ।

ला लिगामा लगातार छैटौँ जीतसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा बार्सिलोना अब मात्र एक अंकले पछि रहेको छ ।

सोमबार राति भएको खेल बराबरीतर्फ अघि बढिरहेकोमा खेलको ७९ औँ मिनेटमा ओस्कार प्लानोले डेम्बेलेलाई फल हानेपछि रातो कार्ड पाएका थिए ।

भालाडोलिड १० खेलाडीमा सिमित बनेको फाइदा उठाउँदै डेम्बेलेले रोनाल्ड आराउजोको पासलाई गोलमा परिणत गरे ।

अब बार्सिलोनाले शनिबार एल क्लासिकोमा रियल म्याड्रिडको सामना गर्नेछ भने अर्को महिना एथ्लेटिको म्याड्रिडको आतिथ्य गर्नेछ ।

२९ खेलपछि शीर्ष स्थानमा रहेको एथ्लेटिकोको ६६, बार्सिलोनाको ६५ र रियल म्याड्रिडको ६३ अंक रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ