पोखरा – सोमबार कास्कीका १६७ जनाको स्वाब परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीको पोखरा महानगरपालिका वडा नं -५ मा १ जना, पोखरा -६ मा १ जना, पोखरा -८ मा ४ जना, पोखरा -९ मा १ जना, पोखरा १७ मा १ जना, पोखरा -१ मा १ जना, पोखरा- १० मा १ जना, पोखरा -१३ मा ३ जना, पोखरा -१६ मा १ जना, पोखरा -१९ मा १ जना, पोखरा -२९ मा १ जना र पोखरा – ३० का २ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै आज नै पोखराको मेट्रोसिटी अस्पतालका ३४ वर्षीय पुरुष र मणिपाल शिक्षण अस्पतालका ४५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै पोखरा बाहिर कास्कीको रुपा गाउँपालिका -५ का १ जना पुरुष र माछापुछ्रे गाउँपालिका -३ का एक पुरुषको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यस्तै गण्डकीका अन्य जिल्ला म्याग्दी जिल्लाका ६ जनाको परीक्षण गरिएकोमा बेनी नगरपालिका -५ का एक पुरुष र पर्वत जिल्लाका १३ जनाको परीक्षण गर्दा कुश्मा नगरपालिका -१२ का १ पुरुषमा कोरोना पुष्टि भएको छ ।
आज पुष्टि भएका सबै २४ संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ७ सय १३ पुगेको छ । जसमा ३८८ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १४ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार १ सय २० पुगेको छ भने, संक्रमणकै कारण अहिलेसम्म २०५ जनाले ज्यान गुमाइसकेका छन्।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर