लिग लिडर एट्लेटिको पराजित, रियल र बार्सिलोनालाई फाइदा

लिग लिडर एट्लेटिको पराजित, रियल र बार्सिलोनालाई फाइदा

sevilla

स्पानिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिड सेभियासँग १-० ले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन लुकास अकुनाले निर्णायक गोल गरे । उनले ७० औं मिनेटमा जेसस नाभासको पासमा गोल गरेका थिए ।

एट्लेटिको पराजित भएपछि दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ ।
२९ खेलबाट एट्लेटिकोको ६६ अंक छ । समान खेलबाट ६३ अंकसहित रियल दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ ।

बार्सिलोनाले आज राति हुने रियल भाल्लोडोलिडविरुद्धको खेल जितेमा एट्लेटिकोसँग अंक दूरी एकमा झार्ने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ