काठमाडौँ– नेपालमा पछिल्लो समय नै मानिसको ज्यानै लिने डढेलो फैलिँदै गएको छ ।
विभिन्न वन क्षेत्रमा बढ्दो क्रममा रहेको डढेलोबाट मृत्यु हुनेको यकिन तथ्याङ्क सङ्कलन हुने क्रम जारी छ । मानिसको ज्यान लिने गरी २०६६ सालमा ने पालमा डढेलो लागे को थियो । त्यो बेला ४९ जनाको यसरी नै आगो निभाउने क्रममा ज्यान गएको थियो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख यता हालसम्म दुई हजार ३१३ वटा डढेलो सहितका भौतिक आगलागीका घटना भएका छन् । जसमा परेर ८६ जनाको मृत्यु भएको छ । ती घटनामा परे ३५५ जना घाइते भएका छन् । यी घटनाका कारण एक अर्ब ७० लाख रुपियाँभन्दा बढीको नो सान भएको प्राधिकरणले जनाएको छ ।
पानी परेपछि करिब तीन दिन मत्थर भएको डढेलो र आगलागी पुनः बढेको हो । वन मन्त्रालयअन्तर्गत रहेको वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७२८ स्थानमा डढेलो र आगलागी भएका छन् । डढेलोबाट ७७ जिल्लामध्ये ६० जिल्ला प्रभावित बनेको जनाइएको छ ।
एउटै जिल्लामा पनि धेरै स्थानमा डढेलो लाग्दा कतिपय गाउँ नै खतरामा परेका छन् । जसअनुसार सबैभन्दा बढी सुर्खेतमा ६५ स्थानमा डढेलो लागेको छ । त्यसपछि चितवनमा ४८, डडेल्धुरामा ४७, दाङमा ४६, सल्यानमा ४१, प्युठानमा ३२, डोटीमा २८, कैलालीमा २७ र बाँकेमा २६ स्थानमा डढेलो र आगलागी भएका छन् ।
त्यस्तै कञ्चनपुरमा २५, मकवानपुरमा २१, पर्सामा १७, जाजरकोटमा १६, अर्घाखाँचीमा १५, खोटाङरअछाममा १३र१३, दैलेख र कपिलवस्तुमा १२र१२, नवलपुरमा ११ र सिन्धुलीमा १० स्थानमा डढेलो लागेको छ । राष्ट्रिय विपत् जो खिम न्यूनीकर ण तथा व्यवस् थापन प्राधिकर णका डढे लो विज्ञ सुन्दर शर्माका अनुसार अबको डेढ महिना नेपाल डढेलोको उच्च जोखिममा छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी