प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काममा सरकारी निकायबीच तालमेल हुन जरुरी रहेको बताएका छन् ।
शुक्रबार भृकुटीमण्डपमा मेलम्चीको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तालमेल नमिल्दा केही कामहरु भद्रगोल हुनपुगेको अब त्यस्तो हुन नदिने बताए । ‘केही तालमेलहरु मिलाउन बाँकी छ ।
सहकार्य गर्दा सहकार्यको तरिकाले अगाडि बढ्न जरुरी छ सरकारी निकाय र मन्त्रालयबीच समन्वय हुन जरुरी छ’, प्रधानमन्त्रीले भने, ‘एउटाले बाटो बनाउँदै जान्छ अर्काले भत्काउँदै जान्छ । अव त्यस्तो हुनुहुँदैन ।’
उनले सरकारले सबैभन्दा पहिला मानिसको जीवन रक्षालाई प्राथमिकता दिएको भन्दै कोरोना महामारीकाबीच पनि विकास निर्माणले तीव्रता पाएको बताए । उनले त्यसको फलस्वरुप लामो प्रतिक्षाको विषय बनेको मेलम्चीको पानी काठमाडौबासीका धारामा खसाल्न सम्भव भएको दावी गरे ।
उनले सरकारले देश विकासमा सवै सामर्थ्य खर्च गरिएको पनि बताए । साथै उनले सरकारी सेवा प्राप्त नगरेका सेवाग्राहीले कुनै सेवा शुल्क र जरिवाना तिर्न नपर्ने बताए ।
उनले मेलम्चीको पानी वितरण गर्नुलाई खुसीको दिन भन्दै चौतर्फी रुपमा विकासका काम गरिरहेपनि केही तालमेल मिलाउन बाँकी नै रहेको बताए । उनले सरकारले कोरोनामा परीक्षण र उपचार निशुल्क गरेकाले वीमा गरिनु जरुरी नभएको भन्दै त्यो आवश्यक नभएकाले सच्याउन जरुरी रहेको पनि बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने