बागलुङको वडिगाडमा दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न रहेको ८ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यलय बागलुङले शुक्रबार पत्रकार सम्मेलन गरी सो घटनामा संलग्न ८ जनालाई सार्वजनिक गरेको हो ।
होली खेल्ने क्रममा बल्देधुरीमा झडप हुँदा मृत्यु हुनेमा बडिगाड गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई रहेका छन् । दुवैको शव दर्लिङको बल्देधुरी भीरमा ५ सय मिटर तल खसेको अवस्थामा फेला पारेको थियो ।
प्रहरीले घटनामा संलग्न वडिगाड १० का २३ वर्षीय मिलन बुढा मगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढा मगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा मगर, तिर्थलाल बुढा मगर, ३१ वर्षीय सूर्य बुढा मगर र ४६ वर्षीय ढालबहादुर बुढा मगरलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा दुईजनालाई गुल्मीको मदानेबाट, एकजनालाई रुपन्देही, एकजनालाई बुर्तिबाङ, दुईजनालाई दर्लिङबाट पक्राउ गरिएको जनाएको छ ।
सो घटनाका दुई आरोपित भने जिल्ला प्रशासन कार्यालयमा आएर आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए । पीडित पक्षले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने