बर्थडे पार्टीबाट फर्किँदा कार अनियन्त्रित भई दुर्घटना, एकको मृत्यु

बर्थडे पार्टीबाट फर्किँदा कार अनियन्त्रित भई दुर्घटना, एकको मृत्यु

Car-Accident

तस्वीरः दिपक समिरको फेसबुकबाट

काठमाडौंमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु छन् ।

प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार बिहान साढे ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते उनलाई ट्रमा सेन्टर लगिएको थियो । तर, चिकित्सकहरुले मृत घोषणा गरे ।

प्रहरीका अनुसार गोभाजुसहित ७ जना सवार बा १० च २८६४ नम्बरको कार मुलपानीबाट जडिबुटीतिर आउँदै गर्दा पेप्सिकोला काठमाडौं–३२ वडा कार्यालय अगाडि अनियन्त्रित भएर रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडी क्षत्‌विक्षत् हुने गरी भएको दुर्घटनामा गोभाजुको मृत्यु भएको छ भने अर्का एकजनाको हातमा चोट लागेको छ। अन्यको अवस्था सामान्य छ । चालक २० वर्षीय वीरेन्द्रराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रेष्ठले दिएको बयान अनुसार उनीहरु मुलपानीमा साथीको जन्मदिन मनाएर फर्किएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ