गुलाबी ओठ कस्लाई मन पर्दैन होला र रु तर आजकाल व्यस्त जिवनशैलीले, अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असर ओठमा पर्छ । त्यसैले ओठ कालो भइदिन्छ । कफीको अत्यधिक सेवनले पनि हाम्रो आठ कालो भइदिन्छ । मानिसहरू आफ्नो ओठमा गुलाबी बनाउनका लागि विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता उपाय पनि छन्, जसले आठको प्राकृतिक चमकलाई फर्काउन सक्छ । यस्ता छन् ओठलाई गुलाबी बनाउने घरेलु उपाय :
बेसार र तिलको तेलको लेप
आधा चम्चा तिलको तेलमा एक चिम्टी बेसारलाई मिलाएर लेप बनाउने । त्यो लेपलाई ओठमा लगाएर हल्का मसाज गर्ने त्यसपछी ३० मिनेटसम्म छाडिदिने । त्यसपछी मन तातो पानीले धुने । यो प्रक्रिया दिनमा एक पटक गर्ने । बिस्तारै कालो ओठ गुलाबी ओठमा परिणत हुनेछ ।
तिल र नरिवलको तेलको लेप
सानो कचैरामा आधा चम्चा तिल र आधा चम्चा नरिवलको तेललाई राम्रो संग मिलाउने । त्यो तेललाई राती सुत्नु भन्दा अगाडी ओठमा लगाएर हल्का मसाज गर्ने । बिहान उठेर मनतातो पानीले पखाल्ने । यो प्रक्रिया एक महिनासम्म लगातार गर्ने । यस्ले तपाईको ओठलाई गुलाबी र कोमल बनाउछ ।
जैतुनको तेल र चिनी
जैतुनको तेल केही थोपा र एक चम्चा चिनी मिसाएर ओठमा लेपन गरी रगड्दाने । ओठबाहिर सामान्य रगड्दा बिस्तारै पुराना कोषिका हटेर नयाँ आउँछन्, तपाईंको ओठको सौन्दर्य बढ्छ ।
गुलाबको पत्ता
ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ । यसलाई नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउने र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउने र बिहान धुने।
कागती
कागतीले पनि ओठको कालोपन हटाउँछ। यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउने ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने