पोखरा – बिहीबार कास्कीका २० सहित गण्डकीका २९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आजा गण्डकीका १८० जनामा गरिएको परीक्षणमा थप २९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज कास्कीका १४७ जनाको परीक्षणमा माछापुछ्रे गाउँपालिकाको वडा नं -४ मा मात्र ६ जना १५, ३७, ३८,३८, ५० र ५२ वर्षका पुरुष र १ जना ३५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । यस्तै वडा नं -१ का ६० वर्षीय पुरुष, वडा नं -२ का ४३ वर्षीय पुरुष, वडा नं -११ की २४ वर्षीया महिला, वडा नं -१२ की ४३ वर्षीया महिला, वडा नं -१७ की ५४ वर्षीया महिला र वडा नं -१८ की ३२ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं -११ का २१ वर्षीय दुई जना पुरुषको रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ भने, अन्य संक्रमित पोखरा महानगरपालिकाका विभिन्न् वडाका छन् ।
यस्तै आज तनहुँका १२ जनाको परीक्षणमा भिमाद नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ ।
आज नै बाग्लुङका ११ जनाको परीक्षणमा बाग्लुङ नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै पर्वतमा ७ जनाको परीक्षणमा मोदी गाउँपालिका -७ का १ जना पुरुष र म्याग्दी जिल्लाका ३ जनाको परीक्षणमा मंगला गाउँपालिका -२ की १९ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ ।
आज पुष्टि भएका २९ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ६ सय २६ पुगेको छ । जसमा ३३५ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ८६ पुगेको छ भने, संक्रमणकै कारण अहिलेसम्म २०५ जनाले ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर