ट्रम्पको भिडियो फेसबुकमा प्रतिबन्ध

ट्रम्पको भिडियो फेसबुकमा प्रतिबन्ध

trump faill

Photo: Anthony Behar—Sipa USA/AP

फेसबुकले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक भिडियो उनकी बुहारी लारा ट्रम्पको पेजबाट हटाएको छ ।

सामाजिक सञ्जाल फेसबुकले गत जनवरीमा वासिङटनस्थित संसद् भवनमा ट्रम्पका समर्थकहरूले हिंसात्मक प्रदर्शन गरेपछि उनलाई आफ्नो प्लेटफर्मबाट प्रतिबन्ध लगाउँदै आएको छ ।

लारा आफैंले ट्रम्पसँग लिएको अन्तर्वार्ताको एक भिडियो आफ्नो पेजमा पोस्ट गरेकी थिइन् ।

पछि उनले फेसबुकबाट प्राप्त एक इमेलको स्क्रिनसट पोस्ट गरेकी छिन् जसमा उनलाई प्रतिबन्धको चेतावनी दिइएको छ ।

डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू ब्लक गरी राखिए बमोजिम अन्य खातामा पोस्ट गरिएका ट्रम्पको आवाजसहितका थप सामग्रीहरु हटाइनेछ र त्यस्ता खातामा थप सीमितता लागू हुनेछ, उक्त इमेलमा लेखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ