आहा रारा गोल्डकपको १९ औ संस्करण यही चैत २१ गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन् । ।
प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपविजेताले नगद ५ लाख १ हजार प्राप्त गर्ने छन् ।
व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कूल ८ वटा टिम सहभागी हुनेछन् । जसमा मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखरा रहेका छन् ।
गत संस्करणमा नेपाल पुलिसलाई हराएर मनाङ मर्स्याङ्ली क्लबले उपाधि जितेको थियो । प्रतियोगितामा पहिलो चरणको खेल हेर्न १ सय ५०, सेमिफाइनलका खेल हेर्न २ सय र फाइनल खेल हेर्न ३ सय रुपैयाँ टिकर दर तोकिएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते