फ्रान्समा चार साताका लागि ‘लकडाउन’ को घोषणा

फ्रान्समा चार साताका लागि ‘लकडाउन’ को घोषणा

Lockdown

कोरोनाको तेश्रो लहर सुरु भएसँगै फ्रान्समा चार साताका लागि लकडाउनको घोषणा गरिएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत सन्देश दिँदै कोरोना नियन्त्रणका लागि पुनः चार साताका लागि लकडाउनको घोषणा गरिएको हो ।

लकडाउनका समयमा सम्पूर्ण विद्यालय र कलेजहरु बन्द रहनेछन् भने सरकारी कार्यालयको काम घरबाटै गर्नुपर्ने नियम लागु गरिएको छ ।

अत्यावश्यक सामानका पसलहरु खुल्नेछन् भने सार्वजनिक सभामा पूर्णरुपमा रोक लगाइएको छ ।

टेलिभिजन सन्देशमा राष्ट्रपति म्याक्रोंले लकडाउनको नियम पालना गर्न सर्वसाधारणमा अपील गर्दै कोरोनाको संक्रमणको स्थिति नियन्त्रणबाहिर नभएपनि समयमै सावधानी अपनाउनका लागि लकडाउन गर्नुपरेको बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ