भारतमा कोरोनाः एकैदिन ७२ हजार बढी संक्रमित थपिदा ४५८ जनाको मृत्यु

भारतमा कोरोनाः एकैदिन ७२ हजार बढी संक्रमित थपिदा ४५८ जनाको मृत्यु

corona death

भारतमा थप ७२ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।

यसअघि गत चैत्र १६ मा भारतमा यो वर्षको दोस्रो धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २२ लाख २० हजार ६६९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १४ लाख ७२ हजार ४९४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ८५ हजार २१५ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ४५८ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ