पोखरा – बुधबार कास्कीका २३ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका २८६ जनामा गरिएको परीक्षणमा थप ३६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज कास्कीका २०४ जनाको परीक्षणमा पोखरा महानगरका विभिन्न वडाका महिला पुरुष गरी २१ जना, कास्कीको माछापुछ्रे गाउँपालिका -४ का १ जना र रुपा गाउँपालिका -५ का १ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै म्याग्दीका ७६ जनामा गारिएको परीक्षणमा अन्नपूर्ण गाउँपालिका -४ का मात्रै ११ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको छ ।
यता पर्वत जिल्लाका ६ जनामा गरिएको परीक्षणमा मोदी गाउँपालिका -७ का १ पुरुषमा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज पुष्टि भएका ३६ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ५ सय ९७ पुगेको छ, जसमा ३३५ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १५ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५७ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन