महोत्तरी – घाँस काट्न जाँदा हराएका सातै जना भरतबाट उद्धार गरिएको छ । मंगलबार दिउँसो घास काट्न जाँदा बालिका र किशोरीहरु हराएका थिए । हराएका ति यूवतीहरुलाई भारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार गरिएको हो घर नफर्केका सातै जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।भारतीय प्रहरीको सहयोग र समन्वयमा सातै जनालाई उद्धार गरी फर्काइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।
घाँस काट्न गएदेखि आज सीतामढीको रेल्वे स्टेशनमा भेटिनुअघि सम्मको कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्ष सम्मका सात बालिका सम्पर्कविहीन भएका थिए। दिउँसो घाँस काट्न गएका घर नफर्केपछि धर्मपुरमा कोलाहल मच्चिएको थियो।
घाँस काट्न समूहमा निस्केका १० वर्षीया रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान र रचना पासवान एवम् १८ वर्षीया नगिना पासवान र अस्मिता पासवान आज सीतामढीमा फेला परेका हुन्। सातै जनालाई आजै परिवारजनको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो