विश्वकप छनोट फुटबल अन्तर्गत युरोपेली समूहको खेलमा बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित निकाल्दा पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको गोलको मद्धतले जित निकालेको छ ।
समूह ईको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोल अन्तरले हरायो । हान भानाकेन र लियान्द्रो त्रोसार्दले समान २–२ गोल गर्दा मिचि बात्सुयायी, जेरेमी डोकु, डेनिस प्राएट र क्रिष्टियन बेन्टेकेले १–१ गोल गरे ।
यो समूहको अर्को खेलमा वेल्सले चेक रिपब्लिकलाई १–० गोल अन्तरले हरायो । त्यस्तै समूह जी को खेलमा नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोल अन्तरले हरायो । मेम्फिस डिपेले २ गोल गरेको खेलमा स्टेभेन बर्घुइस, ल्युक डे जोङ, जर्जिन्हो विज्नाल्डम, डोन्येल मालेन र डोनी भान डे बीकले १–१ गोल गरे ।
समूहका अन्य खेलमा नर्वेले मोन्टेनेग्रोलाई १–० ले पराजित गर्दा टर्की र लात्भियाले समान ३–३ गोलको बराबरी खेल्यो ।
समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ गोल अन्तरले हरायो । पोर्चुगललाई जिताउन क्रिष्टियानो रोनाल्डो, डियोगो जोटा र जोआओ पाल्हिन्हाले १–१ गोल गरे ।
अर्को खेलमा सर्बियाले अजरबैजानलाई २–१ गोल अन्तरले हरायो ।
समूह एचको खेलमा साइप्रसले स्लोभेनियालाई १–०, क्रोएसियाले माल्टालाई ३–० ले र स्लोभाकियाले रुसलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते