मंगलबार कास्कीका १२४ जनाको परीक्षण गर्दा पोखराका ३६ जनामा कोरोना पुष्टि

मंगलबार कास्कीका १२४ जनाको परीक्षण गर्दा पोखराका ३६ जनामा कोरोना पुष्टि

Pokhara beauty

पोखरा – मंगलबार पोखरा महानगरका ३६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीका १२४ जनाको स्वाब परीक्षण गर्दा पोखरा महानगरका विभिन्न वडाका महिला पुरुष गरी ३६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । जसमा सबैभन्दा बढी संक्रमित पोखरा वडा नं – ३० मा चार महिला र तीन पुरुष गरी सातजना छन्  ।

आज पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमितको जम्मा संख्या ८ हजार २ सय ८५ पुगेको छ भने, गण्डकीमा १६ हजार ५ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ७ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ४२ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds