शिक्षण संस्था बन्द भएपनि परीक्षा नरोकिने- शिक्षा मन्त्रालय

शिक्षण संस्था बन्द भएपनि परीक्षा नरोकिने- शिक्षा मन्त्रालय

education board

काठमाडौँ – देशभरका सबै शैक्षिक संस्था चार दिनसम्म बन्द भए पनि हाल सञ्चालनमा रहेका परीक्षा भने नरोकिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर मंगलबारबाट वातावरण प्रदूषणका कारण चार दिनसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय भए पनि परीक्षा भने यथावत सञ्चालन हुने जानकारी दिएको हो ।

‘पूर्व-निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विद्यालयहरू तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरूले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछन्’ विज्ञप्तिमा भनिएको छ ।

केही दिन यता वायुमण्डलमा देखा परेको अस्वाभाविक वातारणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय भएको विज्ञप्तिमा भनिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ