पोखरा – आइतबार कास्कीका ३२ सहित गण्डकीमा थप ४५ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जारी विज्ञप्ति अनुसार आज कास्कीका २२१ जनामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडाका ३१ जना र माछापुछ्रे गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै आज पर्वतका २० जनामा गरिएको परीक्षणमा कुश्मा नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको छ ।
यता बाग्लुङ जिल्लाका १४ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको छ भने, म्याग्दी जिल्लाका ९ जनामा गरिको परीक्षणमा २ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । आज पुष्टि भएका ४५ जनासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ५ सय २५ पुगेको छ । जसमा २८५ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ३५ पुगेको छ भने, संक्रमणकै कारण अहिलेसम्म गण्डकीबाट २०५ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ