आइतबार देखि मेलम्चीको पानी धारामा पठाउन सुरु

आइतबार देखि मेलम्चीको पानी धारामा पठाउन सुरु

malamchi pani

लामो समय देखिको पखाई पछि मेलम्चीको पानी धारामा पठाउन सुरु गरिएको छ । आइतबार दिउँसो दुई बजेदेखि केयुकेएलले धारामा पानी छोडेको हो।

महांकालको ट्यांकीमा चढाइएको पानी दुई बजेदेखि धारामा पठाइएको केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए।राईका अनुसार मीन भवन, अनामनगर, बाँसबारी, बालाजु र महाराजगञ्जस्थित रिजर्भ ट्यांकीमा पनि पानी चढाएर वितरण गरिने छ।

नयाँ संरचना तयार भइनसकेको हुँदा पुरानै संरचनाबाट पानी पठाइएको उनले बताए। परीक्षण सफल भएपछि धारामा पानी पठाइएको हो।पहिलो चरणमा चक्रपथभित्र र आसपासका झण्डै दुई लाख धाराका उपभोक्ताले मेलम्चीको पानी पिउन पाउने उनले जानकारी दिए। उनका अनुसार पुरानै पाइपलाइनका १ लाख ८० हजार धारा र नयाँ संरचनाका २० हजार धारामा पानी पठाइने छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds