भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ । ब्राह्राणबरियालगायतका स्थानमा हिजो पनि विरोध प्रदर्शन भएको थियो ।
हिजोको हड्तालका दौरान भएको झडपका क्रममा घाइते भएका मानिसले अस्पतालमा ज्यान गुमाएको अस्पतालले जनाएको छ ।
मोदीले विरोधका बाबजुद बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको जन्मशताब्दी समारोहमा भाग लिएका थिए ।
शुक्रबार उनले बंगलादेशका संस्थापक तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबुर रहमानको ५० औं जन्म शताब्दी समारोहमा भाग लिएका हुन् ।
मोदीको भ्रमणको पूर्वसूचना पाउनासाथ ढाकास्थित बैतुल मोकर्रम मस्जिदमा हिंसात्मक प्रदर्शन भएको थियो ।
प्रदर्शनकारीलाई तिरवितर बनाउन प्रहरीले अश्रुग्यास र रबरको गोलीसमेत प्रहार गरेको थियो ।
शुक्रबारको प्रार्थनापछि सयौं प्रदर्शनकारीहरू मस्जिदको बाहिर जम्मा भएका थिए ।
एउटा समूहले मोदीको अनादरको चिह्नका रूपमा जुत्ता उठाउन थालेपछि अर्को समूहले उनीहरूलाई रोक्न खोजेको थियो त्यसपछि हिंसात्मक झडप भएको अन्तरािष्ट्रय समाचार संस्थाले बताएका छन् ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो