विश्वकप फुटबल छनौट: जर्मनी, इटाली, फान्स, इंग्ल्याण्ड र स्पेन विजयी

विश्वकप फुटबल छनौट: जर्मनी, इटाली, फान्स, इंग्ल्याण्ड र स्पेन विजयी

france

विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहको खेलमा गएराति फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी भएका छन्।

साविक विश्व विजेता फ्रान्सले काजस्तानलाई उसैको मैदानमा २–० ले हराउँदै विश्वकप छनौटमा पहिलो जित दर्ता गराएको हो ।

अघिल्लो हप्ताको खेलमा युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको फ्रान्सले गएरातिको जितपछि दुई खेलबाट ४ अंक बनाएको छ । गएराति भएको अर्को खेलमा जर्मनीले रोमानियालाई १–० ले हराउँदा इंग्ल्याण्डले अल्बानियामाथि २–० को जित निकाल्यो ।

यसैगरि स्पेनले जर्जीयालाई २–१ ले हराउँदा डेनमार्कले माल्दोभालाई ८–० ले, स्विडेनले कोसोभोलाई ३–० ले, इटालीले बुल्गेरियालाई २–० ले, स्विट्जरल्याण्डले लिथआनियालाई १–० ले तथा अष्ट्रियाले फारो आईल्याण्डलाई ३–१ ले हराएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ