नेपाली सेनालाई भारतीय सेनाले दियो १ लाख डोज कोरोना खोप

नेपाली सेनालाई भारतीय सेनाले दियो १ लाख डोज कोरोना खोप

vaccine handover

छिमेकी भारतको सेनाले नेपाली सेनाले कोरोनाभाइरस विरूद्धको एक लाख डोज भ्याक्सिन दिएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भारतीय सेनाले दिएको खोप आइतबार नेपाल आइसकेको छ।

सेनाले कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भ्याक्सिन उपलब्ध गराएको उल्लेख गरिएको छ।

भ्याक्सिनको ‍औपचारिक हस्तान्तरण भने केही दिनमा हुने कार्यक्रम रहेको छ।

नेपाल र भारतको सेनाबीच विशेष सम्बन्ध छ। दुबै देशका सेना प्रमुखले एक अर्काको देशमा महारथीको मानार्थ दर्ज्यानी चिन्ह लिने गरेका छन्।

यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज भ्याक्सिन अनुदान दिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ