भारतमा भयावह बन्दै कोरोना- नयाँ रेकर्ड कायम, एकैदिन थपिए ६८ हजार बढी संक्रमित

भारतमा भयावह बन्दै कोरोना- नयाँ रेकर्ड कायम, एकैदिन थपिए ६८ हजार बढी संक्रमित

Corona

काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो ।

यसअघि आइतबार यो वर्षकै दोस्रो धेरै ६२ हजार ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २० लाख ३९ हजार २१० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १३ लाख ५३ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख २३ हजार ६०२ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २९५ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १२ करोड ७७ लाख ५२ हजार ९ सय नाघेको छ । अहिलेसम्म २७ लाख ९५ हजार ६ सय बढीले ज्यान गुमाएका छन् । १० करोड २९ लाख ३५ हजार संक्रमितले कोरोनालाई जितेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ