आज मेघगर्जनसहित वर्षाको सम्भावना

आज मेघगर्जनसहित वर्षाको सम्भावना

mausam rain

स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्न देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार र बुधबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

दिउँसो : प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही, बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १ लगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ