बागलुङ । बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बागलुङका अनुसार मृत्यु हुनेमा बडिगाड गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई रहेका छन् । मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्य हुन् । दुवैको शव दर्लिङको बल्देधुरी भीरमा ५ सय मिटर तल खसेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक इगवाल हवारीले बताएका छन् ।
आज दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए । दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर खत्रीले बताए। गुल्मी, बागलुङ र प्युठानको समेत सीमा बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप भएको हो ।
स्थानीयका अनुसार दिउँसो रक्सी खाएर गाउँमा गएका निसीखोलाको समूहले भानुमाविको भवन बनाउँदै गरेका ठेकेदार र स्थानीय युवालाई कुटपिट गरेपछि विवाद भएको थियो । दिउँसो चार बजेतिर घटना भएको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनास्थल मानव बस्तीभन्दा केही टाढा पर्छ।
उक्त झडपमा अन्य केही पनि घाइते भएका प्रहरीले जनाएको छ। तर, कति जना घाइते भएको भने जानकारी आइनसकेको प्रहरीले जानकारी दिएको छ। स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । घटनापछि प्रहरी त्यहाँ पुगेको छ। घाइते र घटनामा संलग्नको खोजी भइरहेको हवारीले जानकारी दिए।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने