पोखरामा श्रीमानको निर्घात कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

पोखरामा श्रीमानको निर्घात कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

dead

पोखरा । पोखरामा श्रीमानको कुटपिटबाट घाईते भएकी महिलाको मृत्यु भएको छ ।

शनिबार दिउँसो अन्दाजी २ बजे पोखरा महानगरपालिका–२६ बरालडाँडा बस्ने वर्ष ४० की देवी जि.सी बि.कलाई निजको श्रीमान ४९ वर्षीय देव बहादुर बि.कले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भिर घाईते भएकोमा आइतबार मृत्यु भएको हो ।

कुटपिटबाट टाउको र खुट्टामा चोट लागि गम्भिर घाईते भई विभिन्न अस्पतालमा उपचार पश्चात पुनः घरमानै लगी राखेकोमा आइतबार अचेत भई पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको श्रीमानलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान कार्य भईरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ