पोखरा – पोखराको छोरेपाटनबाट एक व्यक्ति लागु औषधसहित पक्राउ परेका छन् ।
आइतबार बिहान अन्दाजी ५ बजेको समयमा भैरहवाबाट पोखरा आउंदै गरेको लु १ ख ८५५३ नंवरको बसलाई पोखरा -१७ छोरेपाटनस्थित प्रहरी चेकिङको टोलीले चेकजाँच गर्ने क्रममा बसमा सवार तनहुँ जिल्ला फिरफिरे घर भई हाल पोखरा -११ फूलबारी बस्दै आएका २७ वर्षीय युवराज गुरुङ लागु औषध सहित पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार गुरुङमाथि शंका लागि खानतलासी गर्ने क्रममा उनको साथबाट प्रहरीले अवैध लागु औषध नुरफिन ७२ थान, फेनरागन ७२ थान र डाईजापाम ७२ थान गरी जम्मा २१६ थान लागु औषध वरामद गरेको हो ।
पक्राउमा रहेका गुरूङमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते