भारतमा एकैदिन ६२ हजार जनामा कोरोना संक्रमण, ३१२ जनाको मृत्यु

भारतमा एकैदिन ६२ हजार जनामा कोरोना संक्रमण, ३१२ जनाको मृत्यु

corona death 134

प्रतिकात्मक तस्बिर

भारतमा एकैदिन ६२ हजार जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो केही सातायता संक्रमितहरु बढ्दै गएको भारतमा पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

भारतीय मिडियाहरुका अनुसार गएको २४ घण्टामा भारतमा ६२ हजार ७१४ नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाबाट त्यहाँ ३१२ को मृत्यु भएको छ ।

यसअघि पनि भारतमा ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए।

हाल कोरोनाको खतरा मध्यनजर गर्दै महाराष्ट्रमा राति कर्फ्यू जारी गरिएको छ भने दिल्लीमा मिनी लकडाउन लागू भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ