हामीमाझ होली पर्व नजिकिएको छ । उमंगको यो पर्व पहाडी जिल्लामा चैत १५ गते र तराईका जिल्लामा चैत १६ गते मनाइदैछ । तर रंगहरुको यो पर्वमा केहि सावधानी भने अपनाउनु पर्दछ ।
अन्यथा जथाभावी रंग खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्या आउनसक्छ । लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्छ । साथै रंगले दमका रोगीहरूलाई बढी दुःख दिन्छ ।
स्मरण रहोस्, होलीमा खेलिने रंग, अबिर आदिमा प्रायः रसायन मिसाइएको हुन्छ । जसको प्रयोगले छाला पोल्ने वा छालाको रंग परिवर्तन हुने वा छाला सुक्खा हुने समस्या देखिन सक्छ । रंगको बढी उपयोगले छाला सुक्खा हुने तथा रंगमा भएका रसायनले छालाको भित्री सतहलाइ नोक्सान पु-याउँछ ।
होलीको रंगमा, हरियो रंग कपर सल्फेट (नीलो तुथो), बैजनी रंग क्रोमियम आयोडाइड, चम्किलो रंग एल्मुनियम ब्रोमाइड, नीलो रंग पर्सियन ब्लु र रातो रंग मर्करी सल्फेटबाट बन्छ । यी रसायनहरू मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छन् ।
हरियो रंगले आँखामा एलर्जी वा अस्थायी अन्धोपन निम्त्याउन सक्छ । साथै छाला रोग पनि हुन सक्छ । यस्तै, बैजनी रंगले दम र एलर्जी हुन सक्छ ।
चम्किलो रंग क्यान्सरको कारक बन्न सक्छ । नीलो रंगले छालामा एलर्जी गराउन सक्छ । रातो रंगले छालाको क्यान्सर हुन सक्छ । त्यसैले होलीमा रंग खेल्दा विशेष सावधानी अपनाउन आवश्यक छ । साथै अरुलाई असर नपर्ने गरी होली खेल्नु पर्दछ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर