प्रथम खाष्टे ताल महोत्सव सुरु, चैत्र २२ गतेसम्म चल्ने

प्रथम खाष्टे ताल महोत्सव सुरु, चैत्र २२ गतेसम्म चल्ने

khaste mahotsav

कास्कीको लेखनाथमा विहिबारदेखि खाष्टे ताल महोत्सव सुरु भएको छ । चैत्र २२ गतेसम्म चल्ने महोत्सवमा विभिन्न ११० स्टलहरु रहेका छन् भने महोत्सवमा दैनिक रुपमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको मनोरङजनात्मक कार्यक्रमहरु हुनेछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले प्रकृती र संस्कृतीलाई जोडेर पर्याय पर्यटनको अवधारणा अनुसार अगाडि बढ्न आग्रह गरेका छन् । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश श्रेष्ठ मध्यको पनि श्रेष्ठ भएकाले यहाँ रहेका प्राकृतिक श्रोत र साधनको संरक्षण गर्दै मानव समृद्धिका लागि प्रयोग गनु पर्नेमा जोड दिए । यहाँ रहेका प्राकृतिक सम्पदाहरुलाई आर्थिक समृद्धिसंग जोडेर लैजानु पर्नेमा जोड दिदै मुख्यमन्त्री गुरुङले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गदै मावनहितामा प्रयोग गदै आर्थिक समृद्धिसंग जोडनुपर्नेमा जोड दिएका हुन् ।

उनले प्राकृतिक सम्पदाहरुलाई आर्यआर्जनसंग जोडेर विकास र समृद्धिमा प्रयोग गर्दा स्थानीयले समेत फाइदा लिनसक्ने बताए । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक रुपमा प्रचुर सम्भावना भएको प्रदेश भएको बताउदै प्रदेशको राजधानी पोखरा सहर प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको बताए ।

पोखरा क्षेत्र ताल, हिमाल लगायत विविधतायूक्त प्राकृतिक स्रोत र साधनले सुसुजित रहेको बताउदै यस क्षेत्रको विकासका लागि तीनै तहको सरकाहरु वीच आपसी सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताए । मुख्यमन्त्री गुरुङले लेखनाथ र पोखरामा रहेका तालहरुको एकिकृत विकासका लागि योजना बनाएर अगाडी बढने बताए । उनले यहाँका तालहरुलाई पर्यटकीय रुपमा विकास गदै आन्तरीक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास गर्ने बताउनुका साथै मेला, महोत्सवहरु पर्यटन विकासको पूर्वाधार समेत भएको बताए ।

सोही अवसरमा पुर्व सभामुख तारानाथ रानभाटले तालको विशेषता अनुसार विकास गराउदै लैजानु पर्ने सुझाव राखेका थिए भने प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले वर्तमान सरकारले तालहरुको संरक्षणलाई जोड दिएको बताउदै प्रकृती र मानव विचको सम्बन्धलाई जिवन्त दिनका लागि यहाँ रहेका ताल तलैया र अन्य प्राकृती स्रोत र साधनलाई नविग्रने गरि संरक्षण गर्नु पर्ने धारणा राखेका हुन ।

कार्यक्रममा नेपाली काग्रेस कास्कीका सभापति कृष्ण केसी ले प्राकृतीक स्रोतहरु मानव जिवनका लागि अभिन्न अंग भएकाले यी प्राकृतीक वस्तुको संरक्षणमा साझा एजेण्डा चाहिने सुझाव राखेका थिए भने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अवको एक महिनामा यहाँ रहेका तालहरुको मापदण्ड कायम गरि ताल संरक्षणका लागि एकिकृत विकासका योजनाहरु ल्याउने वताएका थिए ।

यसैगरि कार्यक्रममा गण्डकी प्रदेश विकास समितिका सभापति दिपक कोईरालाले ताल संरक्षणका लागि एकिकृत गुरु योजना बनाएर अगाडी वढ्नु पर्ने आवस्यकता औल्याएका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष वलराम ढकाल र पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वरालले ताल तलैयाहरुलाई आय आर्जनमा जोड्ने गरि ब्यवसायीक बनाउनुपर्नेमा जोड दिदै महोत्सव आयोजना गर्नु नै सफलताको सुचक भएको धारणा राखेका थिए ।

आयोजक संस्था खाष्टे तथा न्यूरेनीताल संरक्षण समितिका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ईश्वरी प्रसाद अधिकारीले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष ईन्दु लामिछाने र धन्यवाद ज्ञापन प्रचार प्रसार संयोजक ईश्वरराज भण्डारीले गरेका थिए ।

यसैविच महोत्सव उद्घाटनपुर्व खरानेफाँट चोकबाट विभिन्न जात जाती, महिला तथा आमा समुह, टोल विकास संस्था र युवा क्लवहरुको सहभागीतामा करिव ७० भन्दा वढि समुहले आ आफनो संस्कृती झल्कने गरी भेष भुष सहितको सास्कृतीक ¥याली निकालेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds