मोटरसाइकल दुर्घटना हुँदा सेनामा कार्यरत धादिङका मगरको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा सेनामा कार्यरत धादिङका मगरको मृत्यु

death body

सप्तरीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो जिल्लाको खडक नगरपालिका वडा नं. ४ पनसेरास्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०२–०१५ प २५६५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको बा. २० च. २१५९ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं. ४ का ३८ वर्षीय चाम बहादुर राना मगरको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

पिकअपको ठक्करबाट घाइते भएका मगरलाई उपचारका लागि सिरहाको लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक मगर मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. १ सुपाटारस्थित रहेको नेपाली सेनाको श्री पुरानो गोरख गण सुपाटारमा कार्यरत थिए।

ठक्कर दिने पिकअप र चालक प्रहरीको नियन्त्रणमा रहेको सप्तरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ