पोखरा आउंदै गरेको बसबाट लागु औषध सहित अर्चलबोटका राहुल पक्राउ

पोखरा आउंदै गरेको बसबाट लागु औषध सहित अर्चलबोटका राहुल पक्राउ

police-arrest

सांकेतिक तस्विर

पोखरा – कास्की प्रहरीले अवैध लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका -२७ डाँडाकोनाकमा खटिएको प्रहरीले शुक्रबार बिहान अन्दाजी ५ बजेको समयमा बीरगंजबाट पोखरा आउंदै गरेको ग १ ख ९७५८ नंवरको बस चेकजाँच गर्ने क्रममा पोखरा -२ अर्चलबोट बस्ने २१ वर्षीय राहुल श्रेष्ठलाई अवैध लागु औषध सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीले उनको साथबाट नुरफिन ६ थान, डाईजेपाम ६ थान र फेनरागन ६ थान गरी जम्मा १८ थान लागु औषध वरामद गरेको छ ।

पक्राउ परेका उनीविरुद्ध लागु औषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्ध शुरु गरिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ