पोखरा । प्रमुख प्रतिपक्ष काँग्रेसले गाउँ पुग्ने अभियान थालेको छ । जनताको समस्या सुन्दै कास्की काँग्रेस पर्यटकीय गाउँ ताङतिङ पुगेको छ ।
नेपाली काँग्रेसकानेता एवंम पूर्व मन्त्री महादेव गुरुङ सहित पोखराका पूर्व मेयर भोला थापा, कांग्रेस नेता एवं पूर्व प्रधानपंच देवीजंग गुरुङ, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि लेख बहादुर गुरुङ, माँदी जनप्रतीनधी एवं नेबिसंघ पुर्ब केन्द्रीय सदस्य सरोज केसी, नेबिसंघका नेता पशुपती भट्टराई , नेबिसंघ कास्की पूर्व अध्यक्ष बिक्रम आदित्य सिंह गिरी,भोज बहादुर गुरुङ ,कांग्रेस युवा नेता सुजन पाण्डे ,टेक गुरुङ ,सबिन गुरुङ ,सुमन गुरुङ, बुद्धी लामीछानेको टिम ताङतिङ पुगेको छ ।
तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा नेबिसंघ पूर्व केन्द्रीय महामन्त्री समेत रहेका नेता महादेव गुरुङले देशले काँग्रेसलाई खोजी रहेको बताए । ‘मुलुकले अहिले काँग्रेस खोजी रहेको छ । कम्युनिष्ट सरकारको विकल्पमा अहिले मुलुकले अहिले काँग्रेस खोजेको छ,’ उनले भने, ‘हामी अहिले सत्तामा जानुभन्दा पनि जनतामाँझ पुग्नु पर्छ ।’ जनताको समस्या सम्बोधन गर्नको लागि काँग्रेस गाउँ फर्किएको उनले बताए ।
समृद्ध मुलुक निर्माण र बलियो कांग्रेस निर्माण को अभियानमा मादी बाट सुरु भएको उनले उद्घोष गरेका छन् । अन्य नेताले पनि गाउँ तहबाटै काँग्रेस समृद्ध नेपाल निर्माणमा जुट्नु पर्ने धारणा राखेका थिए ।
सम्बन्धित खबर
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन