डोटी–पछिल्लो समय भारतबाट रोजगारी छाडेर घर फर्किनेको लर्को लाग्न थालेको छ। भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढेको तथा विशुपर्व नजिकिएकाले रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमीले अहिले आ–आफ्ना घर फर्किन थालेका हुन्।
भारतबाट फर्कनेको संख्यासँगै कोरोना जोखिमसमेत बढेको छ। पछिल्लो पाँच दिनको अवधिमा भारतबाट आएका ११ व्यक्तिमा कोरोना संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायलले जनाएको छ।
रोजागारी छाडेर आउनेहरु सिधै गाउँ पस्न थालेका कारण यहाँका गाउँघरमा पुनः कोरोना संक्रमण फैलिने भन्दै स्थानीय प्रशासनले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएका छन्। उता गृह मन्त्रालयले समेत क्वारेन्टिन तयारी अवस्थामा राख्न निर्देशनसहितको पत्राचार गरेसँगै यहाँका स्थानीय तहमा सबैले क्वारेन्टिन निर्माणका लागि तयारी गर्न थालेको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासंघ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशका सीमा नाका कञ्चनपुरका गड्डाचौकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा भारतबाट फर्किनेको भीड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ। अहिले यहाँका सीमा नाकाबाट दैनिक सयौंको संख्यामा मानिस भित्रिन थालेका छन्।
रोजगारीका लागि भारत गएका स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना संक्रमण फैलिने जोखिम बढेकाले सावधानीका लागि सबै तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए।
त्रिनगर र गड्डाचौकी नाकाबाट मात्रै दैनिक एक हजारभन्दा बढी हाराहारीमा नेपाली प्रवेश गरिरहेका छन्। प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यी दुई नाकाबाट विगत १० दिनको अवधिमा कम्तीमा पनि आठ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन्।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते