कोरोना संक्रमणको जोखिम बढेसँगै परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्न शिक्षा मन्त्रालयले सम्वद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ ।
भारतसँगै पश्चिमा देशहरुमा पनि कोरोना संक्रमणको दर उच्च भएपछि नेपालको स्वास्थ्य मन्त्रालयलले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न आग्रह गरेको थियो ।
मन्त्रालयले शिक्षण संस्थाहरूले स्वास्थ्य मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहवाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्न तथा सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।
विद्यालयहरूले दैनिक पठन पाठन सञ्चालन गर्दा भीडभाड नहुनेगरी गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७’ को पूर्ण रूपमा पालना गरि स्थानीय सरकारवाट निर्णय गरे बमोजिम गर्न गराउन अनुरोध गरेको छ ।
कार्यढाँचामा जोखिमका आधारमा विद्यालय सञ्चालन तथा बन्द गराउने जिम्मा स्थानीय तहलाई दिइएको छ ।
साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।
सम्बन्धित खबर
रणविर जनहित माविमा संस्कार शिक्षा सुरु
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला