भागरथी प्रकरण : भागरथीको भजाइनल स्वाबको डिएनए अभियुक्तसँग म्याच

भागरथी प्रकरण : भागरथीको भजाइनल स्वाबको डिएनए अभियुक्तसँग म्याच

dinesh bhagirathi

बैतडीकी १७ वर्षीया भागरथी भट्ट बलात्कार र हत्या प्रकरणमा अनुसन्धानको महत्वपूर्ण पक्ष मानिएको भजाइनल स्वाबको डिएनए परीक्षणको रिपोर्ट आएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता मुकेशकुमार सिंहले बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको भजाइनल स्वाबको डिएनए रिपोर्ट प्राप्त भएको जानकारी दिए।

उनका अनुसार घटनाका अभियुक्त १६ वर्षीय किशोरको डिएनएसँग म्याच भएको छ।

‘बिहीबार डिएनए रिपोर्ट आएको छ, रिपोर्ट अभियुक्तको डिएनएसँग म्याच खाएको छ,’ उनले भने।

बीचमा अभियुक्तका आफन्तले घटनालाई अन्तै मोड्न उनले बयान फेरेको बताए पनि यो प्रमाणले पनि उनैलाई दोषी देखाएको प्रहरीको भनाइ छ।

उनको मुद्दा अदालतमा गइसकेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds