दासढुंगामा ट्रक र कार ठोक्कियोः पोखरा र तनहुँका २ युवकको मृत्यु, ३ घाइते

दासढुंगामा ट्रक र कार ठोक्कियोः पोखरा र तनहुँका २ युवकको मृत्यु, ३ घाइते

dasdhunga-accident

चितवनको दासढुंगामा ट्रक र कार आपसमा ठक्कर खाँदा पोखरा लेखनाथका र तनहुँ श्याम्घाका दुई युवकको ज्यान गएको छ । बुधबार दिउँसो मुग्लिन नारायणगढ सडक खण्डको दासढुङ्गामा ट्रक र कार ठोक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा स्थित लेखनाथका ३१ वर्षीय रामकृष्ण भुजेल र तनहुँ स्याम्घा ४ निवासी २८ वर्षका धर्मराज गौली रहेका छन् ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रक र विपरित दिशातर्फ आइरहको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठक्कर खाएको थियो ।

घटनामा परी घाइते कार चालक लमजुङ मध्येनेपाल नगरपालिका ७ निवासी ४२ वर्षका पदम सापकोट, स्याङ्जा बिरुवा गाउँपालिका ३ निवासी ४२ वर्षीय प्रसाद थापा र तनहुँ ब्यास नगरपालिका ६ निवासी ४० वर्षका जसमान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनापछि कारमा सवार चालक सहित पाँचजना घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लैजाँदै गर्दा दुई जनाको बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ