त्रिदेशीय फुटबल खेल्ने नेपाली टीम घोषणा, को को परे ?

त्रिदेशीय फुटबल खेल्ने नेपाली टीम घोषणा, को को परे ?

Nepali National football team

काठमाडौं– त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपालले पहिलो खेल बिहीबार किर्गिस्तानसँग खेल्दैछ। दोस्रो खेल नेपाल र बंगलादेशबीच हुनेछ। राउण्ड रोबिनको आधारमा शीर्ष दुई टिमले फाइनल प्रतिस्पर्धा गर्नेछन्।

फाइनल चैत १६ गते हुने एन्फाले जनाएको छ।

मंगलबारबाट दशरथ रंगशालामा शुरु भएको पहिलो खेलमा किर्गिस्थानलाई १–० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको थियो ।

नेपाली टोली:-

गोलरक्षक : किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु र दिप कार्की

डिफेन्डर : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ

मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, एरिक बिष्ट, सञ्जोग राई, विशाल राई बी, सुनिल बल र रविशंकर पासवान

फरवार्ड : अञ्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजा र भरत खवास

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ