प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सर्न थालिएको पार्टी मुख्यालय भवनको आज निरीक्षण गरेका छन् । उनले थापाथली पुगेर नयाँ सर्न थालिएको पार्टी मुख्यालयको भवनको निरीक्षण गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।
प्रधानमन्त्री ओलीले सबै कोठाको निरीक्षण गरेका थिए । कार्यालय सचिव रिजालले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धूम्रबाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सर्न लागिएको जानकारी दिए। “चक्रपथ विस्तारका क्रममा धुलोधुवाँ हुने भएकाले अहिलेको कार्यालयमा आवतजावत गर्न समस्या हुन्छ”, उनले भने, “ त्यसैले थापाथलीमा कार्यालय सर्न थालिएको हो । हामी चाँडै सर्छौँ।’’
विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवन मासिक रु दुई लाख २५ हजार तिरिँदै आएको थियो ।
एमालेले पुरानै मुख्यालय भएको स्थान बल्खुमा नै अत्याधुनिक भवन बनाउने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन वैशाख ९ गते भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने